६ फागुन, काठमाडौं । राष्ट्रिय सभाको मंगलबारको बैठकमा सांसदहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।
सांसद प्रकाश पन्थले सरकारलाई प्रश्न गरे, ‘संवैधानिक आयोग र विश्वविद्यालयहरु किन रिक्त राखिएको ? यिनीहरूले कहिले नेतृत्व र पूर्णता पाउँछन् ? सरकारको जवाफ चाहन्छु ।’
आधा दर्जन बढी विश्वविद्यालय पदाधिकारीविहीन, नेतृत्व विहीन भएको, संवैधानिक आयोगहरु रिक्त अवस्थामा रहेको वा पूर्णता नपाएको भन्दै सांसद पन्थले सरकारको ध्यानाकर्षण गरे ।
सांसद बलराम बास्कोटाले कोरोना भाइरस फैलिएपछि चीनबाट नेपाल ल्याइएका र चीनमा रहेका चार जना नेपालीको अवस्थाबारे जानकारी माग गरे । ‘चीनमा रहेका चार जना नेपाली र नेपाल ल्याएर क्वारेन्टाइनमा राखिएका नेपालीहरुको अवस्था कस्तो छ जानकारी चाहन्छु’ उनले भने ।
सांसद नैनकला ओझाले नवनियुक्त कानुनमन्त्री शिवमाया तुम्बाहाम्फेलाई बधाई दिइन् ।
Comments are closed.