Nepal's First Video FM

फेरी किन आउँदैछन् अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प भारत

254

नयाँ दिल्ली । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आगामी सोमबार भारतको दुई दिवसीय भ्रमणमा आउँदैछन् ।

भ्रमणअघि ट्रम्पले अमेरिकामा सञ्चारकर्मीसँग कुरा गर्दै आफू भारत भ्रमणका लागि उत्साहित भएको बताएका छन् ।

उनले आफू उत्साहित हुनुको कारण खुलाउँदै भने, ‘मोदीले मलाई विमानस्थल र कार्यक्रमस्थलबीच ७० लाख मानिसले स्वागत गर्ने बताएका छन् ।’

उनले भारतको अहमदावादमा विश्वकै सबैभन्दा ठूलो क्रिकेट स्टेडियम उद्घाटन गर्न पाउनु आफ्नो लागि खुशीको कुरा भएको पनि बताए ।

‘मोदीले मलाई अहमदावाद विमानस्थलदेखि स्टेडियमका बीच ७० लाख मानिस हुन्छन् भनेका छन्,’ ट्रम्पले भने, ‘मेरोलागि यो धेरै रोमाञ्चक हुनेछ ।’

उनले मोदी आफूलाई मनपर्ने भए पनि भारतसँगको व्यापार राम्रो नभएको बताए । उनले भारतसँग निकट भविष्यमा व्यापार सम्झौता हुने बताए । यद्यपि उक्त सम्झौता यसै वर्ष नोभेम्बरमा हुने अमेरिकी राष्ट्रपति निर्वाचन अघि नै त्यस्तो सम्झौता हुन्छ या हुन्न भन्नेबारे केही बताउन नसक्ने उनले जनाए ।

अमेरिका भारतको सबैभन्दा ठूलो व्यापार सहयोगी देश हो । सन् २०१९ को पहिलो त्रैमासिकमा अमेरिकाले भारतमा ४५.३ अर्ब डलरको निर्यात गरेको थियो भने भारतबाट ६५.६ अर्ब डलरको उत्पादन आयात गरेको थियो ।

You might also like

Comments are closed.