प्रजातन्त्र दिवसको अवसर पर्दै विकास र समृद्धि प्रति दृढ संकल्पित : मुख्यमन्त्री पोखरेल
नागरिकको विकास र समृद्धिको आकांक्षा पूरा गर्न दृढ संकल्पित
बुटवल । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले नागरिकको विकास र समृद्धिको आकांक्षा पूरा गर्न दृढ संकल्पित रहेको बताएका छन् । प्रजातन्त्र दिवसको अवसरमा बुधबार शुभकामना सन्देश दिँदै मुख्यमन्त्री पोखरेलले संघीयताको व्यवहारिक कार्यान्वयनका लागिसमेत दृढ संकल्पित रहेको बताए ।
‘संघीय लोकतान्त्रिक गणतन्त्र शासन प्रणालीका रुपमामात्र नभई नागरिकको जीवन पद्धतिको रुपमा स्थापित गर्न सक्दामात्रै आम नागरिकले लोकतन्त्रको अनुभूति गर्न पाउँछन्, लामो संघर्षबाट प्राप्त परिवर्तनको अनुभूति गर्न पाउँछन्,’ सन्देशमा मुख्यमन्त्री पोखरेलले भनेका छन् ।
Comments are closed.