अहिले सम्म सकिएन ओली-प्रचण्डबीच छलफल अन्त्यमा निस्क्यो यस्तो निस्कर्स
ध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता जारी
प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता जारी छ।
बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा पार्टीको प्रशिक्षण अभियान लगायतका अन्य विषयमा छलफल भइरहेको स्रोतले बतायो।
दुई अध्यक्षबीच सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाको विवादास्पद अडिओ प्रकरणबारे समेत छलफल हुने अनुमान गरिएको छ।
मन्त्री बाँस्कोटाले एक स्वीस कम्पनीसँग ७० देखि ७५ करोड रुपैयाँ कमिसन आउँदा त्यसको ७० प्रतिशत कमिसन आफूलाई दिन बार्गेनिङ गर्दै गरेको अडिओ टेप सार्वजनिक भएको छ।
प्रधानमन्त्री ओली र प्रचण्डबीच झण्डै एक सातापछि भेट भएको हो।
Comments are closed.