Nepal's First Video FM

‘राजनीतिक रङ दिएर अफवाह फैलाउनुको अर्थ छैन :- गोकुलप्रसाद बाँस्कोटा

‘ममाथि लागेको आरोप प्रमाणित भए सजाय भोग्न तयार छु,’

668

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले आफूमाथि लागेको आरोपबारे काठमाडौं फर्किएपछि विस्तृत प्रतिक्रिया दिने बताएका छन्।

‘ममाथि लागेको आरोप प्रमाणित भए सजाय भोग्न तयार छु,’ बिहीबार बिहान कञ्चनपुरको बेलडाँडी गाउँपालिकामा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उनले भने, ‘राजनीतिक रङ दिएर अफवाह फैलाउनुको अर्थ छैन।’

जनपक्षीय काम गर्दै गएमा प्रतिक्रियावादी वर्ग आफैं परास्त हुने मन्त्री बाँस्कोटाको भनाइ थियो।

‘आरोप आफैंमा ठूलो कुरो होइन, आरोप दिनदिनै लाग्छ,’ उनले भने, ‘सरकार सञ्चालन गर्दा आरोप लाग्दै जान्छ।’

मन्त्री बाँस्कोटाले सेक्युरिटी प्रिन्टिङ प्रेसको खरिदमा एक स्वीस कम्पनीका प्रतिनिधिसँग कमिसन मागेको भन्दै बुधबार एउटा अडिओ टेप सार्वजनिक भएको थियो। टेप सार्वजनिक भएपछि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससहित राजनीतिक दलहरूले मन्त्री बाँस्कोटाको राजीनामा मागेका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले टेपबारे बुझ्न मन्त्री बाँस्कोटालाई दिउँसो बालुवाटारमा डाकेका छन्।

You might also like

Comments are closed.