फागुन १०, महिला उद्यमी संघ, बाँकेको आयोजनामा बिहिबारदेखि यहाँ व्यापार मेला सञ्चालन गरिएको छ ।
नेपालगञ्ज नगर उपप्रमुख उमा थापा मगरले मेलाको उद्घाटन गर्दै महिला वर्गको आर्थिक सशक्तीकरणका लागि उनीहरुलाई उद्यमशीलताको अवसर दिइनुपर्ने धारणा राखे ।
बाँके जिल्लाका महिला उद्यमीले उत्पादन गरेका वस्तुकोे प्रचारप्रसार र स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजित मेला फागुन १४ गतेसम्म सञ्चालन हुनेछ ।
मेलामा महिला उद्यमी हस्तकला, खाद्यान्न सामग्री, पहिरन लगायतका ४० कक्ष राखिएको संघका महासचिव सावित्रा बस्नेतले बताए । मेला अवधिभर करिब चार लाखको कारोबार हुने अनुमान गरिएको छ ।
Comments are closed, but trackbacks and pingbacks are open.