Nepal's First Video FM

बास्कोटालाई आठ वर्ष जेल र ४५ करोड जरिवाना हुनसक्ने

300

७० करोड घुषकाण्डमा फसेका निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाको आरोप प्रमाणित भए ८ वर्ष जेल सजायं हुने देखिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनका सबै कागजपत्र अध्ययन सुरु गरिसकेको छ । बास्कोटाको राजिनामा लगत्तै सादा पोसाकमा सञ्चार मन्त्रालयमा पुगेको सुरक्षाकर्मीको टोलीले बाँस्कोटाको कार्यकक्षमा छापा मारेको थियो ।

अख्तियार स्रोतका अनुसार बास्कोटाको निजी सचिवालयका कागजपत्र नियन्त्रणमा लिइएको छ भने उनीमाथि थप निगरानी बढाईएको छ ।

सेक्युरिटी प्रिन्टिङ प्रेसको खरिदमा ७० करोड कमिसन मागेको प्रमाणित भए बाँस्कोटालाई ८ वर्षसम्म कैद र २५ करोड ४५ लाख रुपैयाँसम्म जरिवाना हुनसक्नेछ ।

भ्रष्टाचार निवारण ऐन २०५९ को दफा २१ अनुसार भ्रष्टाचारको कसुरको लागि उद्योग गरेको ठहर भए ८ वर्षसम्म कैद र २५ करोड ४५ लाख रूपैयाँसम्म जरिवाना हुनसक्ने व्यवस्था रहेको छ ।

भ्रष्टाचार निवारण ऐनको परिच्छेद २ को दफा ३ अनुसार रू १ करोड भन्दा बढी भ्रष्टाचारको कसुर ठहर भए बिगोबमोजिम जरिवाना र ८ देखि १० वर्षसम्म सजाय हुने व्यवस्था छ ।

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.