Nepal's First Video FM

यस कारण गएका थिय प्रधानमन्त्री केपी शर्मा ओली पोखरा

897

प्रधानमन्त्रीसमेत रहेका सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष केपी शर्मा ओली सोमबार पोखरा गएका छन्।

अध्यक्ष ओली गण्डकी प्रदेशस्तरीय अगुवा कार्यकर्ता भेलामा प्रशिक्षणका लागि पोखरा गएका हुन्।

कार्यकर्ता भेलालाई बरिष्ठ नेता झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठलगायतले सम्बोधन गर्ने कार्यक्रम छ।

तर अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भेलामा गएनन्। यसअघि प्रचण्ड प्रदेश नम्बर ५, कर्णाली प्रदेशमा भएका भेलामा गएका थिए। उक्त भेलामा प्रधानमन्त्री ओली गएका थिएनन्।

नेकपाले सार्वजनिक गरेको प्रशिक्षण कार्यतालिकामा प्रदेशका भेला दुवै अध्यक्षले सम्बोधन गर्ने उल्लेख थियो। कहिलेकाहीँ कार्यव्यस्तताले प्रशिक्षणमा जाने केपी शर्मा ओली सोमबार पोखरा बताए।

पोखरा जानुअघि प्रधानमन्त्री ओलीले सोमबार विहान बालुवाटारमा प्रचण्डसँग कुराकानी गरेका थिए। समसामयिक राजनीतिक घटनाक्रमबारे अध्यक्षद्वयबीच छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।

You might also like

Comments are closed.