Nepal's First Video FM

देशभर आंशिकदेखि पूर्ण बदली, हावाहुरी र चट्याङसहित पानी पर्ने

543

आज देशका केही स्थानमा हावाहुरी र चट्याङसहित पानी पर्ने सम्भावना रहेको छ ।

पश्चिमी वायु र न्यूनचापीय क्षेत्रको असरका कारण देशका पुर्व, मध्य र पश्चिमका केही स्थानमा दिउँसोपख हावाहुरी र चट्याङसहित हल्का पानी पर्ने जल तथा मौसम विज्ञान विभागको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।

काठमाडौं उपत्यकामा पनि दिउँसोपख पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । केही दिनयता देशका विभिन्न स्थानमा वर्षा र हिमपात हुँदै आएको छ ।

आज पनि देशका उच्च पहाडी तथा हिमाली भेगमा हल्कादेखि मध्यमखालको हिमपात हुने मौसमवीद् पोखरेलले बताइन् ।

काठमाडौं उपत्यकाको आजको न्युनतम तापक्रम ७ डिग्री सेल्सियस मापन भएको छ । दिउँसो तापक्रम बढेर २० देखि २२ डिग्री सेल्सियससम्म पुग्ने महाशाखाले अनुमान गरेको छ ।

You might also like

Comments are closed.