Nepal's First Video FM

यदी म गलत बाटो हिडेको भय कसरी यो स्ठानमा हुन्थें?’ आइजिपी ज्ञवाली

594

गत माघ २८ गतेदेखि नेपाल प्रहरीको नयाँमहानिरीक्षक(आइजिपी) बनेका छन्– ठाकुर ज्ञवाली। उनको कार्यकाल छोटो छ, तर पूरा गर्नुपर्ने काम धेरै छन्। संगठनभित्रकै तल्ला तहका कर्मचारीमा व्याप्त निराशा हटाउनेदेखि देशका ठूलठूला काण्ड सल्ट्याउनेसम्मका जिम्मेवारी उनको काँधमा छ। निर्मला बलात्कार÷हत्या घटना र ३३ किलो सुन प्रकरणअनुसन्धान, गायक/पत्रकार/कलाकारलाई तसार्उने प्रहरीको शैली, प्रहरी समायोजन/सरुवा/बढुवालगायत समसामयिक विषयमा आइजिपी ज्ञवालीसँग नागरिककर्मी शिवहरि घिमिरेले गरेको कुराकानी:

प्रहरी संगठनको प्रमुखभएर काम गर्दा कस्तो महसुस भइरहेको छ ?
उत्साहित र खुसी छु। संगठनभित्रै लामो समय बिताइयो। धेरै ठाउँमा प्रमुखको भूमिका पनि निर्वाह गरिसकेको छु। अबचाहिँ देशभरकै नेपाल प्रहरीको प्रमुखभएको छु। माथिल्लो पदमा बसेर काम गर्दाको अनुभव लिँदैछु। तल्लो तहमा छँदा माथिल्लो तहले गरेन, कमीकमजोरी मात्रै ग-यो भन्ने आम बुझाइ छ। प्रहरी संगठनको सबैभन्दा माथिल्लो पद कस्तो हुँदोरहेछ र के–के गर्नुपर्दोरहेछ अभ्याससँगै अनुभव बटुल्ने क्रममा छु। नेतृत्व तहमा बस्दाको चुनौती चिर्दैआफ्ना जिम्मेवारी पूरा गर्ने यात्रामा छु।

कार्ययोजना र इच्छा धेरै होलान्, तर तपाईंसँग काम गर्ने र आइजिपी पदको गरिमा देखाउने समय जम्मा ५ महिनामात्रै छ। के–के गर्नुहुन्छ त ?
कार्यकालभन्दा पनि नेपाल सरकारको महत्वपूर्ण प्रतिनिधि संस्थाकारूपमा काम गर्ने हो।दैनिक कामको निरन्तरतामा मात्रै नभएर म प्रभावकारीतामा बढी ध्यान दिन्छु। बोलेका र योजनामा राखिएका काम गर्नुपर्छ भन्ने मेरो मान्यता छ। योजना लोकप्रिय, कार्यान्वय शून्य भयो भने त्यसको कुनै अर्थ हुँदैन। उही नेताको भाषणजस्तै हुन्छ। त्यसकारण आफूले गर्नसक्ने जति मात्र बोल्ने हो। अनावश्यक बोलेर आशा देखाउनु राम्रो होइन।

उसोभए ५ महिने कार्यकालमा तपाईंबाट के–के अपेक्षा राख्ने ?
त्यस्तो ठूलो योजना र सपना छैन। धेरै अपेक्षा र आशा पनि बाँड्दिनँ। हिजोका दिनमा पनि मैले यही संगठनमा काम गरेको हुँ।अहिले चाहिँप्रहरीको समग्र संगठन कस्तो बनाउने भन्ने ठाउँमा आइपुगेको छु। त्यसैले म सक्दो राम्रो गरेर देखाउने विचारमा छु। हामीले ध्यान दिने भनेको अपराध नियन्त्रण र शान्ति सुरक्षामै हो।यसका साथै विकास–निर्माणका काममा सहयोग गर्न प्रहरी सधैं प्रयत्नशील रहनेछ। विकास–निर्माण कार्यमा अवरोध हुन दिँदैनौं। विकासमा बाधा पु¥याउने गतिविधि निस्तेज पार्न प्रहरी सदैव तत्पर रहनेछ।

You might also like

Comments are closed.