Nepal's First Video FM

भारत–अमेरिकाको चौघेरामा सीमित हुँदैन :- अमेरिकी राष्ट्रपति ट्रम्प

355

१४ फागुन, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको औपचारिक भ्रमणपछि अमेरिका र भारतले जारी गरेको संयुक्त वक्तव्यमा तीन वटा कुरालाई विशेष जोड दिइएको छ–बृहत विश्वव्यापी रणनीतिक साझेदारी, इन्डो–प्यासिफिक रणनीति र विश्वव्यापी नेतृत्वका लागि साझेदारी ।

मंगलबार राति अबेर सार्वजनिक संयुक्त वक्तव्यका भाषाले ट्रम्पको ३६ घण्टे भ्रमणको असर र प्रभाव भारत–अमेरिकाको चौघेरामा सीमित नहुने प्रष्ट संकेत गरेको छ । भ्रमणका क्रममा अमेरिकाले भारतलाई ‘महाशक्ति’ राष्ट्र बन्ने दौडमा रहेको चीनको पोल्टामा जानबाट रोक्न देखिने गरी प्रयास गरेको कुटनीतिक मामिलाका जानकारहरू बताउँछन् ।

अमेरिका र भारतबीच भएको एमएच–६० रोमियो हेलिकप्टरसहित तीन अर्ब डलर बराबरको रक्षा सम्झौतालाई सबैभन्दा ठूलो उपलब्धीको रुपमा चर्चा गरिएको छ । तर विगत चार वर्षमा अमेरिकासँग २० अर्ब डलर बराबरको ऊर्जा सहयोग लिइसकेको भारतका लागि रकमका हिसाबले यो सम्झौता धेरै ठूलो करा होइन । पछिल्लो १३ वर्षमा अमेरिकासँग उसले २० अर्ब डलर बराबरको त हतियार नै किनिसकेको छ ।

जानकारहरूका अनुसार रक्षा सम्झौतामा भएको प्रविधि हस्तान्तरण कुरा भने भारतका लागि महत्वपूर्ण हो । ‘अमेरिका हतपत्त प्रविधि हस्तान्तरण गर्न इच्छुक हुँदैन, भारतलाई इमर्जिङ प्रविधिले सुसज्जित गर्न खोज्नु अर्थपूर्ण छ’, एक पूर्व परराष्ट्रमन्त्री भन्छन् ।

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.