Nepal's First Video FM

कतारमा देखियो कोरोना, के होला ? सचेत रहन नेपालहरुलाई दूतावासको अपील

541

दोहा। खाडी मुलुक कतारमा पनि कोरोना भाइरसको संक्रमण देखिएको छ। कतारमा एकजना कोरोना भाइरसबाट संक्रमित भएको कतारको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

बिहीबार इरानबाट उद्धार गरि ल्याईएका यात्रु मध्ये एक ३६ वर्षिया कतारी नागरिकमा कोरोना भाइरसको संक्रमण देखिएको कतारको स्वास्थ्य मन्त्रलायले जनाएको छ।

कतारमा ठूलो संख्यामा नेपालीहरु रहेका छन्। चीनको वुहान शहरबाट फैलिएको कोरोनाको चपेटामा हाल खाडी मुलुकहरु पनि आएका छन्। खाडीमा सबैभन्दा धेरै इरान प्रभावित भएको छ। जहाँ शनिबार २१० जनाको मृत्यु भएको खबर छ।

You might also like

Comments are closed.