Nepal's First Video FM

न्यू डायमण्ड एकेडेमीको अपराजित यात्रा

806

माघ ८, रेडबुल ढोरपाटन युएम महिला डबल लिग भलिबल प्रतियोगितामा शिवम न्यू डायमण्ड एकेडेमीले आफ्नो अपराजित यात्रालाई निरन्तरता दिएको छ । सोमबार भएको खेलमा मेघौली क्लब चितवनलाई सोझो सेटमा पराजित गर्दै आफ्नो अपराजित यात्रा निरन्तर जारी राखेको हो ।

नयाँ बसपार्कस्थित ढोरपाटन भलिबल प्रशिक्षण केन्द्रको खेल मैदानमा भएको खेलमा न्यू डायमण्ड एकेडेमीले मेघौली क्लबलाई २५–२, २५–१२ र २५–११ को सेटमा पराजित गर्न सफल भयो । त्यस्तै, अर्को खेलमा टप्स एचएसएस पोखराले श्रीगाँउ स्पोर्ट्स क्लब दाङलाई पराजित गरेको छ । पोखराले श्रीगाँउ स्पोर्ट्स क्लबलाई २५–१४, २५–१८ र २५–२२ को सेटमा पराजित गरेको हो ।

त्यस्तै, अर्को खेलमा एपीएफ क्लबले शानदार प्रदर्शन गर्दै आफ्नो अपराजित यात्रालाई निरन्तरता दिएको छ । एपीएफले पारामाउन्ट एकेडेमीलाई २५–६, २५–४ र २५–४ को सेटमा पराजित गर्न सफल भयो । त्यस्तै, आर्मीले पूर्वाञ्चल भलिबल एकेडेमीलाई २५–५, २५–५ र २५–७ को सेटमा पराजित गरेको छ । सोमबार नै भएको आफ्नो अर्को खेलमा भने पूर्वाञ्चलले थ्रीस्टारलाई २५–११, २५–१७ र २५–१८ ले पराजित गरेको छ । यता, न्यू डायमण्ड स्पोटर््स क्लब भने नेपाल पुलिससँग सोझो सेटमा पराजित भएका छन् । पुलिससँग न्यू डायमण्ड स्पोटर््स क्लब २५–७, २५–५ र २५–१० को स्कोरमा पराजित भएको हो ।
प्रतियोगिताको विजेताले ३ लाख २५ हजार, उपबिजेताले १ लाख ७० हजार र तेस्रो हुनेले ८० हजार नगद पुरस्कार पाउने छन् । यस्तै चौथौ हुनेले ५० हजार, पाचौँले ४० हजार, छैठौंले ३० हजार र सातौं हुने टोलीले २० हजार नगद प्राप्त गर्नेछन् ।

You might also like

Comments are closed.