Nepal's First Video FM

भारतमा पनि एक महिलामाथि कोरोना फेला नेपालीमाथि संका

633

१९ फागुन, काठमाडौं । चीनबाट सुरु भएको नोवेल कोरोना (कोभिड–१९) भाइरसको संक्रमण भारतको राजधानी नयाँ दिल्लीमा पनि देखिएको छ । एक जना नयाँ दिल्ली र अर्को तेलंगनामा कोरोना संक्रमित भेटिएको त्यहाँको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको हो ।

नयाँ दिल्लीमा संक्रमण देखिएका बिरामी इटली र तेलंगानामा संक्रमण देखिएका बिरामी दुवईबाट आएका हुन । दुबै बिरामीको अवस्था स्थिर रहेको र उनीहरुलाई नजिकबाट अनुगमन गरिएको बताइएको छ ।

भारतमा पहिलो पटक केरलमा एक महिलामा कोरोनाको संकेत देखिएको थियो । उनीसँगै यसअघि यो भाइरसको संक्रमण देखिएका तीनै जना स्वास्थ्य लाभ गरिसकेका छन् ।

You might also like

Comments are closed.