फाल्गुन १०, भोजपुरी सिनेमाको इतिहासमा पहिलो पल्ट टेलिभिजन र बलिउडका चर्चित पात्रहरू सँगै नाचेको देख्न पाइने भएको छ। यी सबै स्टार भोजपुरी फिल्म ‘हल्फा मचाके गईल’ मा देखिने भएका छन्। फिल्ममा राघव नय्यर र सिप्रा गौरलाई लञ्च गर्न लागिएको छ।
मुम्बईको गोरेगाउँ पश्चिमस्थित फिल्मीस्तान स्टुँडियोमा बनाइएको भव्य सेटमा एउटा विशेष गीतमा सुटिङ भएको थियो, जसमा टिभी स्टार सारा खान, रञ्जीत, प्रम चोपडा, रजामुराद, एहशान कुरेशी, सुनिल पाल, सम्भावना सेठसहित ब्राजिलियन अभिनेत्री ब्रुना अब्दुल्ला पनि डान्स गर्दै गरेको देखा परेकी थिइन्। ब्रुना ‘ग्रान्ड मस्ती’ मा पनि देखा परिसकेकी छिन्। त्यो फिल्ममा उनी रितेश देशमुखसँग थिइन्।
भोजपुरी गीतको कोरियोग्राफी पप्पु खन्नाले गरेका छन्। निमार्ण रमेश नय्यर, पवन कुमार र हरिश कुमारले गरिरहेका छन्। फिल्मको निर्देशकमा प्रेमान्सु सिंह छन्। राघवले आफूलाई पारिवारिक, कमेडी र एक्सन फिल्म खुब मन पर्ने बताएका छन्। निर्माता रमेशले अन्य रुटिन भोजपुरी फिल्मभन्दा आफूले निमार्ण गर्न लागेको फिल्म फरक हुने बताए।
Comments are closed.