फाल्गुन १०, चीनले नेपाल, चीन र भारत एकअर्काका महत्वपूर्ण छिमेकी मुलुक भएकाे बताउँदै तीनै पक्षले सकारात्मक सम्पर्क राख्नुपर्ने बताएको छ।
बिहीबार बेइजिङमा भएको पत्रकार सम्मेलनमा चिनियाँ परराष्ट्र प्रवक्ता कङ श्वाङले भने, ‘तीन वटै देश एक अर्काका लागि निकै महत्वपूर्ण छन्, त्यसैले साझा हित र साझा फाइदामूलक नतिजाका लागि सकारात्मक ढंगले अन्तर्क्रियाका क्षेत्रहरू विस्तार गर्नुपर्छ।’
नेपालका नव निर्वाचित प्रधानमन्त्री केपी शर्माओलीले एउटा अन्तर्वार्तामा नेपालका दुइटा छिमेकी छन्, चीनसँगको सम्बन्ध गहन पार्ने र भारतसँगका थाती सम्झौता कार्यान्वयन गरी लाभान्वित हुन चाहेको विचार प्रकट गरेका छन्। यसबारे चीनको प्रतिक्रिया के हो? भनेर पत्रकार सम्मेलनमा सोधिएको प्रश्नमा परराष्ट्र प्रवक्ताले यस्तो धारणा व्यक्त गरेका हुन्।
परराष्ट्र प्रवक्ता कङले नेपालको नयाँ सरकारसँग सहकार्य गर्न चीन तत्पर रहेकाे उल्लेख गरे। ओली सरकारसँग चीनकाे सहकार्य अझै गहन हुँदै जाने विश्वास प्रकट गरे। उनले पुनः एकपटक नव निर्वाचित प्रधानमन्त्री ओलीप्रति बधाई पनि प्रकट गरे।
Comments are closed.