Nepal's First Video FM

प्रेम गीत ३ को को गीतले इतिहास तोडे संगै टिजरले पनि रेकर्ड तोड्यो

548

काठमाडौं, २१ फागुन । वर्षकै बहुप्रतिक्षित फिल्म ‘प्रेमगीत–३’को सार्वजनिक टिजरले दर्शकहरुको ध्यान खिच्न सफल भइरहेको छ ।मंगलबार सार्वजनिक गरिएको यस फिल्मको टिजरले यो समाचार तयार पर्दासम्म करीब चार लाख भ्यूज पाइसकेको छ, भने करीब तीन हजार दर्शकहरुले कमेन्ट गरिसकेका छन् ।

फिल्मको पहिलो गीत ‘हात्ती ढुङ्गामा’को अपार सफलतापछि निर्माण पक्षले दोस्रो गीत ‘हर युग होस्, प्रेमको गीतको’ सार्वजनिक गरेको थियो ।फिल्मको ती दुवै गीतले दर्शकहरुको सकारात्मक प्रतिक्रिया पाएसँगै भर्खरै सार्वजनिक गरिएको टिजरले पनि दर्शकहरुको सकारात्मक प्रतिक्रिया पाइरहेको छ ।फिल्मको सार्वजनिक टिजरमा सयौं वर्ष पूराना प्रेमकथालाई प्रस्तुत गरिएको छ । नयाँ वर्षको अवसरमा चैत २८ गतेबाट दर्शकमाझ रिलिजमा आउँदै गरेको ‘प्रेमगीत–३’लाई सन्तोष सेन र छेतेन गुरुङले संयुक्त रुपमा निर्देशन गरेका हुन् ।

‘प्रेमगीत–३’ (अ फर्बिडन लभस्टोरी’ मा प्रदीप खड्का, कृष्टिना गुरुङ, शिव श्रेष्ठ, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, मनिष राउत, पुष्कर कार्की, प्रेम पुरी, अनुभव रेग्मी, योगिशा खत्री, समृद्धि शाही ठकुरी, कृजन गौतम, जीवन बराल, लक्ष्मी बर्देवा, सुजल बस्नेत, जीवन भट्टराई, राज थापालगाएत मुख्य भूमिकामा छन् ।

फिल्ममा हिमाल केसीको द्वन्द्व रहेको छ, भने कविराज गहतराजको कोरियोग्राफी र बनिष शाह र भुपेन्द्र अधिकारीको सम्पादन रहेको छ । यस फिल्मले रिलिजपूर्व नै विदेश राइट्सबाट करीब एक करोडको विजिनेस गरिसकेको छ ।

You might also like

Comments are closed.