२७ फागुन, काठमाडौं । अदालतको अवहेलना मुद्दामा जवाफ दिन प्रहरी महानिरीक्षक ठाकुर ज्ञवाली सर्वोच्च अदालत पुगेका छन् ।
विप्लव समूहका कार्यकर्ता अदालतको आदेशमा रिहा हुँदा प्रहरीले पुन पक्राउ गरेको विषयमा सर्वोच्च अदालतले मागेको लिखित जवाफ पेश गर्न उनी सर्वोच्च पुगेका हुन् ।
अदालतको आदेशमा रिहा भएकालाई पुन पक्राउ गर्दा अदालतको अवहेलना भएको भन्दै सर्वोच्चले प्रहरीको लिखित जवाफ माग गरेको थियो ।
पक्राउ परेका विप्लव समूहका कतिपय नेता कार्यकर्ता सर्वोच्चको बन्दी प्रत्यक्षीकरण रिटमार्फत रिहा भए पनि अदालतबाहिरबाट प्रहीले पुनः पक्राउ गर्दै आएको थियो ।
Comments are closed.