Nepal's First Video FM

‘साइकल सरर’ मा छचल्किएको बिना र राहुलको प्रेम

116

काठ्मान्डौँ। गायक उमेश मुस्कान र गायिका अनु चौधरीको स्वरमा ‘साइकल सरर’ बोलको गीत सार्वजनिक भएको छ। बिहीबार के.सि.एम डिजिटल युट्युबबाट सार्वजनिक भएको गीतको भिडियोमा मोडल बिना राउत र राहुल केसीको अभिनय रहेको छ।

गायक मुस्कानकै शब्द र संगीत रहेको यस प्रेमिल गीतलाई विशाल निरौलाले एरेन्ज गरेका हुन। निर्देशक प्रमोद कुमार भण्डारीले भिडियोको कोरियोग्राफी एवं निर्देशन गरेका हुन।

भिडियोमा बिना र राहुललाई प्रेमी–प्रेमिकाको रुपमा प्रस्तुत गरिएको छ। यी दुईको मायाप्रेम र रोमान्सलाई भिडियोको कन्सेप्ट बनाइएको छ।

गीत सुमधुर छ। गीतको हरेक शब्दले प्रेमी–प्रेमिकाबिच हुने प्रेमको भाव छल्काउँछ। के.सि.एम डिजिटलको प्रस्तुति रहेको गीतलाई रक्षा बानिँया केसी र आकास केसीले निर्माण गरेका हुन।

कार्यकारी निर्मातामा राजु केसी छन। मारुनी डिजिटल स्टुडियोमा रेर्कड गरिएको गीतमा देव दोर्जे लामाको सिनेमाटोग्राफी र नविन निरौलाको सम्पादन छ ।

You might also like

Comments are closed.