Nepal's First Video FM

महानगरपालिकाका कर्मचारीचाहिँ घरेलु रक्सी खोज्दै स्थानीय नेवारका घर घर, सिरकको खोलबाट मास्क

595

ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनका स्वकीय सचिव राजु महर्जन शनिबार त्यही रक्सीबाट बनेको ‘नेपाली स्यानिटाइजर’ झोलामा बोकेर पाटनढोका आइपुगेका थिए ।

नास्टका प्रविधिकले बनाएको स्यानिटाइजर विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) को मापदण्ड अनुसारकै रहेको महर्जनले दाबी गरेपछि त्यहाँ रहेका डब्ल्युएचओका प्रतिनिधिले हातमा लगाएर स्यानिटाइजरको जाँच गरे ।

त्यसैगरी, ललितपुर महानगरपालिकाले २४० वटा महिला समूहका प्रतिनिधिलाई प्रत्येक वडाबाट बोलाएर मास्क बनाउने तालिमसमेत दिएको र ती महिलाले प्रत्येक वडामा सिरकको खोलको कपडा प्रयोग गरेर सस्तोमा मास्क उत्पादन गर्न थालेको महर्जनले जानकारी दिए ।

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.