Nepal's First Video FM

कोरोनाको उपचार गर्न तीन अस्पताल , २३५ आईसीयू बेड थपिने

369

नेपालमा कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले आवश्यक पूर्वतयारी गरिरहेको छ। यसैक्रममा सरकारले कोरोना भाइरसबाट सङ्क्रमित बिरामीका लागि काठमाडौं उपत्यकामा तीन वटा अस्पताल छुट्याइएको जनाइएकाे छ ।

सरकारले कोरोना भाइरसबाट सङ्क्रमित बिरामीको उपचारका लागि तत्काल तीनवटा छुट्टै अस्पताल तयारी गरिएको स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले बताउनुभएको छ । उहाँले आइतबार राष्ट्रियसभाको बैठकमा कोरोनाको सङ्क्रमण देखिए उपचारका लागि विशेष तयारी गरेको बताउनुभएको हो।

कोरोना भाइरसको सम्भावित संक्रमणलाई मध्यनजर गर्दै काठमाडौं उपत्यका भित्र १ सय २० र उपत्यका बाहिर १ सय १५ गरी २ सय ३५ वटा आइसियु व्यवस्था गर्न लागेको बताइएको छ। चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमण विश्वका १२० भन्दा बढी देशमा फैलिएको छ ।

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.