Nepal's First Video FM

आइतबार पनि घट्यो सुनको मूल्य

674

नेपाली बजारमा आइतबार सुनसहित चाँदीको मूल्य पनि घटेको छ । सुनको मूल्य १५ सय रुपैयाँले घट्दै प्रतितोला ७७ हजार रुपैयाँमा कारेबार भएको हो ।

गत साताको अन्तिम दिन शुक्रबार प्रतितोला ३ हजार रुपैयाँले घटेको सुनको मूल्य यो साताको पहिलो दिन आइतबार पनि प्रतितोला १५ सय रुपैयाँले घटेको छ । दुई दिनको अवधिमा सुनको मूल्य प्रतितोला ४ हजार ५ सय रुपैयाँले सस्तो भएको छ ।

आइतबारको बजारमा छापावाल सुन प्रतितोला ७७ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो । गत शुक्राबार सुनको मूल्य ३ हजार रुपैयाँले घटेर ७८ हजार ५ सय रुपैयाँमा झरेको थियो ।

त्यसैगरी तेजावी सुनको मूल्य पनि प्रतितोला १५ सय रुपैयाँले घटेर ७६ हजार ७ सय रुपैयाँ कायम भएको छ । आइतबारको बजारमा चाँदीको मूल्य समेत प्रतितोला ३० रुपैयाँले घटेर ७ सय ९० रुपैयाँ कायम भएको छ ।

You might also like

Comments are closed.