Nepal's First Video FM

कालोबजारीका लागि गोदाममा थन्काएर राखेको १० लाख थान मास्क बरामद

425

काठमाण्डौ – प्रहरीले सतुङ्गल र कपनबाट झण्डै १० लाख थान मास्क बरामद गरेको छ ।

बजारमा मास्कको कृत्रिम अभाव भइरहेका बेला प्रहरीले आरडीजी इन्टरनेशनल सप्लायर्सका सञ्चालक सुवास महेश्वरी र सुरज गोयलले कालोबजारीका लागि गोदाममा थन्काएर राखेको मास्क बरामद गरेको हो ।

महानगरीय प्रहरी परिसरका प्रवक्ता डीएसपी होबिन्द्र बोगटीले आइतबार कपनबाट प्रहरीले एक लाख ६८ हजार मास्कसहित ६ जनालाई पक्राउ गरेर सतुङ्गलमा रहेको गोदाम सिल गरेकाे जानकारी दिनुभयाे ।

सिल गरिएको गोदामबाट आइतबार र साेमबारसमेत गरी झण्डै १० लाख थान मास्क बरामद गरिएको डीएसपी बोगटीले बताउनुभयो ।

मास्कसहित पक्राउ परेकालाई कालोबजारी ऐनअन्तर्गत कारबाही गर्न जिल्ला प्रशासन कार्यालय काठमाण्डौमा बुझाइने डीएसपी बोगटीकाे भनाइ छ ।

प्रहरीले शनिबार काठमाण्डौको डल्लुबाट ७८ हजार मास्कसहित आठ जनालाई पक्राउ गरेको थियो ।

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.