Nepal's First Video FM

चीनमा काेराेना बिरामीकाे सङ्ख्या पातालिदै १० हजारभन्दा कम

438

काठमाण्डौ – कोरोना भाइरस (कोभिड–१९) को उद्गमस्थल चीनमा सङ्क्रमितको र ज्यान गुमाउनेको सङ्ख्या घट्दै गएको छ ।

चीनमा कोरोना भाइरसका कारण तीन हजार दुई सय १३ जनाको ज्यान गएको छ भने ८० हजारभन्दा बढीमा सङ्क्रमण देखिइसकेको छ । तर पछिल्ला दिनमा सङ्क्रमण र ज्यान गुमाउनेको सङ्ख्या स्थिर जस्तै छ ।

आइतबार चीनमा १६ जना नयाँ व्यक्तिमा भाइरसको सङ्क्रमण देखिएको थियो भने १४ जनाले ज्यान गुमाएका थिए ।

८० हजारभन्दा बढीमा सङ्क्रमण देखिएकोमा ६७ हजार सात सय ५८ जना उपचारपछि घर फर्किएका छन् । अहिले चीनमा कोरोना बिरामीको सङ्ख्या १० हजारभन्दा कम छ । ९ हजार आठ सय ८९ जनाको उपचार भइरहेको छ । उपचार गराइरहेका मध्ये तीन हजार दुई सय जना गम्भीर छन् ।

विश्वव्यापी रुपमा फैलिएको कोरोनाको कारण अहिलेसम्म ज्यान गुमाउनेको सङ्ख्या ६ हजार पाँच सय २१ पुगेको छ । एक लाख ६९ हजार ९ सय १५ जनामा भाइरसको सङ्क्रमण पाइएको छ ।

चीनपछि इटलीमा धेरैले ज्यान गुमाएका छन् । इटलीमा एक हजार आठ सय ९ जनाको ज्यान गइसकेको छ । इरानमा पनि सात सय २४ जनाको ज्यान गइसकेको छ ।

You might also like

Comments are closed.