Nepal's First Video FM

नायिका केकी अधिकारीबाट पुस्कर बरालले धोका खादा एम बरालले सम्झाए (भिडियो)

573

नेपाली गुगम क्षेत्रका नक्षेत्र लोकप्रिय गायक एम बरालको सुमधुर आवाजमा मर्मस्पर्शी गीत “हलचल जिन्दगिमा”बजारमा आएको छ।गीतमा एम बरालकै संगीत रहेको छ।पुस्कर बरालको प्रस्तुति रहेको गीतमा पुस्कर बरालकै उत्कृष्ट अभिनय देख्न सकिन्छ।

गीतमा पुष्कर बरालको शब्द रहेको गीतमा गायक स्वयम्ले संगीत भरेका हुन् । संगीत संयोजन फनिन्द्र राईको ।ओएसआर डिजीटल युटुब च्यानलबाट यो गीत बजारमा आएको हो। बिक्की पुलामी मगरले निर्देशन गरेको यो भिडियो भने प्रज्वल पन्तले खिचेका हुन ।

यस्तै माया प्रेम, बिछोड, पिडा र मनका बहहरुलाई पुष्करले मार्मिक तरिकाले शब्दमा बुनेका छन् ।यस अघि गायक एम बरालले आवाज भरेको बादलुको घुम्टोले, निष्ठुरीले छाडेर गईहाली, माया बस्यो मुटुमा, मन रहे पो माया प्रिती जस्ता दर्जनौ गीतले दर्शक श्रोताको मन जितेका छन।ताप्लेजुङको दोखुमा जन्मिएका लेखक पुष्कर बराल अमेरीकामा रहेर पनि गीत, गजल सहितका साहित्यमा डेढ दशक देखी निरन्तर क्रीयाशिल छन् । सो गीतको भिडियोमा गीतकार पुष्कर बराल सँगै कृष थापा,पृन्सा र मोडल एबं नायिका केकी अधिकारी देखिन्छन् ।

You might also like

Comments are closed.