माघ १०, नेपाली राष्ट्रिय टोलीका गोलकिपर किरण चेम्जोङ भारतको आई-लिग लिडर मिनर्वा पञ्जाबमा अनुवन्धित भएका छन् ।मिनर्वा पञ्जाब लिग लिडर हो । अब लिगमा ९ खेल मात्र खेल्न बाँकी छ । तर, उपाधि होडलाई थप सुरक्षित गर्न किरणलाई अनुवन्ध गरिएको क्लबले जनाएको छ ।
दोस्रो स्थानमा रहेको नेरोकाको २१ अंक छ तर, उसले एक खेल बढी खेलेको छ ।
Comments are closed.