Nepal's First Video FM

चितुवाको आक्रमणमा परी जिल्ला वन अधिकृत रामकाजी श्रेष्ठसहित तीन जना घाइते

885

६ चैत, कास्की । पोखरामा बिहीबार बिहान चितुवाको आक्रमणमा परी जिल्ला वन अधिकृत रामकाजी श्रेष्ठसहित तीन जना घाइते भएका छन् ।

पोखरा महानगरापालिका–१३ मियापाटनमा बिहान ७ बजेको समयमा चितुवाले आक्रमण गर्दा वन अधिकृते श्रेष्ठ, सशस्त्र प्रहरी हवल्दार ३६ वर्षीय फटिक मगरसहित पोखरा औद्योगिक क्षेत्र बस्ने वर्ष ३० का श्याम थापा घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवं सूचना अधिकारी नरहरि अधिकारीले जानकारी दिए ।

स्थानीय खगेन्द्रबहादुर गुरुङको बाथरुममा पसेको चितुवालाई निकाल्ने क्रममा एक्कासी आक्रमण गरेको थियो ।

वन अधिकृत श्रेष्ठ र सशस्त्र प्रहरी हवल्दार थापा सामान्य घाइते भएका थिए । उनीहरु उपचारपछि घर फर्किसकेका छन् । स्थानीय श्याम थापाको भने पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । थापाको टाउको र पाखुरामा चोट लागेको प्रहरीले जनाएको छ । चितुवालाई बिहान १०:५० बजेको समयमा नियन्त्रणमा लिई वन कार्यालयको जिम्मा लगाइएको छ ।

You might also like

Comments are closed.