नेपाल दूरसन्चार प्राधिकरणले दूरसन्चार सेवा प्रदायकलाई रिचार्ज बराबरकै रकम बोनसका रुपमा उपलब्ध गराउन निर्देशन दिएको छ । मङ्गलबार बसेको प्राधिकरण सन्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो ।
कोरोना संक्रमणको अवस्थामा दूरसन्चार सेवाको प्रयोगलाई सहज बनाउन यस्तो निर्देशन दिइएको प्राधिकरण अध्यक्ष पुरुसोत्तम खनालले जानकारी दिनुभयो । उहाका अनुसार तत्काल यो सुविधा एक महिनासम्मका लागि उपलब्ध गराउन निर्देशन दिइएको छ ।
बैठकले सेवाप्रदायकले आफ्ना ग्राहकलाई २ सय रुपियाँसम्म सापटिको रुपमा उपलब्ध गराउन सक्ने निर्णय पनि गरेको छ । त्यस्तै सस्तो दरमा डेटा उपलब्ध गराउन प्राधिकरणको निर्देशन आवश्यक नपर्ने निर्णय पनि प्राधिकरणले गरेको छ ।
Comments are closed.