कलाकार पल शाहले कोरोना प्रभावित प्राविधिकहरुलाई रु ५ लाख सहयोग गर्ने घोषणा गरेका छन् ।
लकडाउनकै कारण चलचित्रजन्य क्रियाकलापहरु रोकिएका छन् । चलचित्रमा दैनिक काम गरेर गुजारा चलाउने प्राविधिकहरुलाई परेको संकटप्रति ध्यान दिँदै यस्तो घोषणा गरिएको शाहले जनाएका छन्।
पलले शुक्रबार आफ्नो सामाजिक सञ्जालमार्फत् आर्थिक स्थिति कमजोर भएका प्रविधिक तथा सहयोगीहरुको लागि सहयोग गर्न लागेको जानकारी दिएका हुन् ।
Comments are closed.