Nepal's First Video FM

चितवनमा काेराेना परीक्षण प्रयाेगशाला तयार

99

राष्ट्रिय पंन्छी रोग अन्वेषण प्रयोगशाला भरतपुरको परिषरमा कोरोना रोग भए नभएको पत्ता लगाउने कोभिड १९ प्रयोगशाला आइतबारदेखि सञ्चालनमा आएको छ । 

मेडिकल सिटीको रुपमा विकसित भए पनि कोरोना ल्याब नभएको भन्दै नागरिक स्तरबाट व्यापक दवाव भएपछि मन्त्रालयले यहाँ प्रयोगशाला राख्ने निर्णय गरेको थियो । प्राविधिकहरुको अध्ययन पछि पन्छी रोग अन्वेशण प्रयोगशालामा कोरोनाको परिक्षण गर्ने स्थापना गरिएको हो । 

प्रतिनिधि र प्रदेश सभा सदस्य, जिल्ला स्थित दलका प्रमुखहरु, प्रमुख जिल्ला अधिकारीलगायतको रोहबरमा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले बिरामीको स्वाब (नमुना) प्राबिधिकलाई हस्तान्तरण गरेर प्रयोगशालाको शुभारम्भ गर्नु भयो । 

आइतबार एउटा नमुनामात्र प्रयोगशालामा परिक्षण गरिने छ । सो नमुना प्रदेश परिक्षण कार्यालय हेटौडाको प्रयोगशालामा समेत पठाईएको छ । प्रयोगशाला शुभारम्भको अबसरमा प्रतिनिधि सभाका कानुन, न्याय तथा मानबअधिकार समितिका सभापति कृष्णभक्त पोख्रेलले स्थानीय, प्रदेश र संघिय सरकारको संयुक्त प्रयासबाट छोटो समयमा प्रयोगशाला संञ्चालनमा आएको बताउनुभयो ।

 उहाँले चितवन र आसपासका बिरामीको नमुना परिक्षण गर्न प्रयोगशाला प्रभावकारी हुने बताउनु भयो । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले सबैको साथ र सहयोगका कारण ७२ घण्टाभित्र उच्च स्तरको प्रयोगशाला संञ्चालनमा आएको बताउनुभयो । कोरोना अस्थायी अस्पताल निर्माण पछि रोग पहिचानका लागि प्रयोगशाला निर्माण गरिएको उहाँले बताउनुभयो । 

भरतपुर अस्पतालका अध्यक्ष डा. भोजराज अधिकारीले भरतपुर कोभिड १९ परिक्षण प्रयोगशाला संञ्चालनमा आए संगै रोग नियन्त्रणमा प्रभाबकारी हुने बताउनुभयो । सो प्रयोगशाला भरतपुर अस्पतालको स्वामित्वमा रहने गरि संञ्चालनमा ल्याईएको हो ।
प्रयोगशाला स्थापनाका लागि गठित उपसमितिका संयोजक डा.कृष्णसागर शर्माका अनुसार प्रयोगशालामा २० जना बिशेषज्ञ, प्राबिधिकहरु तयारी अबस्थामा रहेका छन् । एक सिफ्टमा ९० वटा नमुना परिक्षण गर्न सकीने उहाँले जानकारी दिनुभयो । 

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.