Nepal's First Video FM

उच्च ज्वराेका कारण महिलाको मृत्यु

369

धुलिखेल अस्पतालमा एक महिलाको मृत्यु भएको छ। पनौती नगरपालिका-१२ स्थित कलाती भूमिडाँडाकी ४८ वर्षीया महिलाको मृत्यु भएको हो।  तामाङलाई आज (आइतबार) बिहान करिब पौने ९ बजेतिर अस्पताल ल्याइएको थियो।

ती महिलालाई एक्कासि पेट, टाउको दुख्ने र उच्च ज्वरो आएपछि अस्पताल भर्ना गरिएको थियो। तर अस्पताल पुर्‍याउनसाथ उनलाई डाक्टरले मृत घोषण गरिएको पारिवारिक स्रोतले जनाएको छ। मृतकको शव हाल अस्पतालमा नै राखिएको छ।

You might also like

Comments are closed.