Nepal's First Video FM

ओलीले अहिले सम्मकै फरक मन्त्रालय बनाउने गरे घोषणा !किन हटाए उपप्रधानमन्त्री ?

859

फाल्गुन ११, प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो मन्त्रिमण्डलमा कसैलाई पनि उपप्रधानमन्त्री नबनाउने प्रस्ताव गरेका छन् ।

प्रधानमन्त्री ओलीले कसैलाई पनि उपप्रधानमन्त्री नबनाउने प्रस्ताव माओवादी अध्यक्ष प्रचण्डसँग राखेका हुन् । माओवादी र एमाले दुबै पार्टीहरु एक भइसकेकाले अब गठबन्धन सरकारमा जस्तो उपप्रधानमन्त्री बनाइरहन आवश्यक नरहेको प्रधानमन्त्री ओलीको प्रस्ताव छ ।

ओली सरकारकै पालामा ६ जना उपप्रधानमन्त्री भएको थियो, जसको निकै आलोचना भयो । उपप्रधानमन्त्री धेरै बनाउँदा जनतामा राम्रो सन्देश नगएको भन्दै ओलीले त्यस्तो अलोकपि्रय काम नगर्ने चाहना व्यक्त गरेको एक नेताले बताए ।

माओवादीबाट रामबहादुर थापाले उपप्रधानमन्त्रीसहित सरकारमा पार्टीको नेतृत्व दाबी गर्दै आएका छन् । एमालेमा महासचिव ईश्वर पोखरेल लगायतले उपप्रधानमन्त्री दाबी गरिरहेका छन् ।

यो पनि पढ्नुहोस्
मन्त्रालय भागवण्डाः एमालेलाई १०, माओवादीलाई ७ (सूचीसहित)
माओवादीमा मन्त्री छान्ने जिम्मा शीर्ष तीन नेतालाई
एमाले र माओवादीको पार्टी एकता घोषणा चैतमा !
उपप्रधानमन्त्रीको दाबी गरिरहेका शीर्ष नेताहरुलाई व्यवस्थापन गर्ने जुक्तिका रुपमा ओलीले कसैलाई पनि उपप्रधानमन्त्री बनाउने प्रस्ताव प्रचण्डसमक्ष राखेको स्रोतले बतायो ।
‘ओलीजी कसैलाई पनि उपप्रधानमन्त्री नबनाऔं भन्ने पक्षमा हुनुहुन्छ,’ स्रोतले अनलाइनखबरसँग भन्यो,’ प्रधानमन्त्रीले कसैलाई कार्यभार दिनुपर्दा एकजनालाई दिए भइहाल्छ, उपप्रधानमन्त्री नै हुनुपर्छ भन्ने छैन ।’

उपप्रधानमन्त्रीविनाको क्याबिनेट बनाउँदा प्रधानमन्त्री ओलीलाई सरकारमा कनिष्ट एवं सक्षम व्यक्तिहरु ल्याउने बाटो खुल्नेछ । र, नयाँ मन्त्रीहरुले पनि क्याबिनेटमा लगभग समान हैसियत महसुस गर्न पाउनेछन् ।

उपप्रधानमन्त्रीहरु धेरै भएको मन्त्रिमण्डलमा भने अन्य मन्त्रीहरुको हैसियत कमजोर देखिने नेताहरुको बुझाइ छ ।

माओवादी स्रोतका अनुसार उपप्रधानमन्त्रीविहीन क्याबिनेट बनाउने ओलीको प्रस्तावमा प्रचण्ड पनि सकारात्मक छन् ।

You might also like

Comments are closed.