Nepal's First Video FM

प्रधानमन्त्री ओलीले बोलाए एमालेको स्थायी कमिटिको बैठक !

602

फाल्गुन १०, नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दैछ । पार्टीको तर्फबाट सरकारमा पठाइने मन्त्रीहरुको नाम टुंगो लगाउन बैठक बस्न लागेको हो ।

एमाले र माओवादीबीच बिहीबार मात्रै मन्त्रालयको भागबण्डामा कुरा मिलेको थियो । एमालेले १० र माओवादी केन्द्रले ७ मन्त्रालय लिने सहमति भएसँगै एमालेले मन्त्री छनोट गर्न लागेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले एमालेले आफ्नो भागमा परेको मन्त्रालयमा मन्त्री पठाउन बिहान ९ बजे स्थायी समिति बैठक बोलाएको जानकारी दिएको छ ।

एमाले–माओवादीबीच मन्त्रालय भागबण्डा मिलेपछि ओली सरकार विस्तारको तयारीमा छन् । तर मन्त्रीका आकांक्षी धेरै हुँदा दुवै पार्टीलाई मन्त्री छान्न हम्मे परेको छ ।

बालुवाटार स्रोतका अनुसार, एमाले–माओवादीले मन्त्रीको नाम टुंगो लगाएमा प्रधानमन्त्री ओलीले आजै मन्त्रिपरिषद् विस्तार गर्नेछन् ।

एमाले अध्यक्ष ओली गत फागुन ३ गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए । प्रधानमन्त्रीमा नियुक्त भएपछि ओलीले एमालेबाट २ मन्त्री थपेर शपथ गराए पनि आफ्नो मन्त्रिपरिषद् विस्तार गर्न सकेका छैनन् ।

You might also like

Comments are closed.