कोरोना भाइरस (कोभिड–१९) को संक्रमण नियन्त्रण गर्न सरकारले गरेको लकडाउनका कारण उद्योग, व्यवसाय बन्द हुँदा बजारमा कतिपय उपभोग्य वस्तुको अभाव हुन थालेको छ ।
आपूर्ति कम भएपछि वस्तुको मूल्य पनि बढेको छ । तर, दूधको हकमा भने अवस्था उल्टो छ । दूधको बढी खपत हुने चिया पसल, होटेल, रेस्टुरेन्ट, पार्टी प्यालेस, स्कुल बन्द भएपछि बिक्री ७० प्रतिशतले घटेको छ । उत्पादित दूध बिक्री नभएपछि किसान र डेरी उद्योगहरूलाई के गर्ने भन्ने पिरलो छ ।
रुपन्देहीको एक दुग्ध सहकारीले भने लकडाउन सुरु भएदेखि नै निःशुल्क दूध बाँड्दै आएको छ । सैनामैना नगरपालिका–१० सालझण्डी स्थित सालझण्डी दुग्ध उत्पादक सहकारीले किसानबाट खरिद गरेको दूध बिक्री नभएपछि सर्वसाधारणदेखि प्रदेशका मुख्यमन्त्री र मन्त्रीसम्मलाई निःशुल्क बाँडेको छ
Comments are closed.