Nepal's First Video FM

ट्रकको ठक्करबाट १ जनाको मृत्यु

684

फाल्गुन ११, झापाको कन्काई नगरपालिका–८ लक्ष्मीपुरमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा १ जनाको ज्यान गएको छ ।

बिहीबार साँझ लु १ ख ९१७८ नम्बरको ट्रकले मे ६ प १८६९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको जानकारी प्राप्त भएको छ ।

दुर्घटनामा परि गम्भीर घाइते मोटरसाइकल चालक स्थानीय होमप्रसाद न्यौपानेको उपचारको क्रममा बी एन्ड सी अस्पताल, विर्तामोडमा मृत्यु भएको जानकारी प्राप्त भएको छ ।

ठक्कर दिने ट्रक र चालकलाई झापा प्रहरीले नियन्त्रणमा लिएको छ ।

You might also like

Comments are closed.