रामेछापको मन्थलीमा बस दुर्घटनामा परेको छ । काठमाडौंबाट मालुखोल तर्फ जादैं गरेको अरनिको यातायातको बा २ ख ६८१८ नम्बरको बस ब्रेक नलाग्दा मन्थलीको कुनौरीको दास्रो मोडमा दुर्घटनामा परेको हो ।
दुर्घटनमा परि बसका धनिसहित १५ जना सामान्य घाईते भएका छन् । उनीहरुको उद्दार गरि मन्थलीको तामाकोशी अस्पतालमा उपचार भैरहेको घटना स्थलबाट प्रहरी जवान प्रकाश कुमार पौडेलले जानकारी दिनुभएको छ । उहाँका अनुसार बसमा ३६ जना सवार रहेका थिए । उनीहरुलाई अर्काे सवारी मार्फत सुरक्षित स्थान तर्फ पठाएको छ ।
काठमाडौंमा लकडाउनले अलपत्र परेकाहरुलाई विभिन्न निकाएको पहलमा गाउँ लिएर आउने क्रममा बस दुर्घटनामा परेको हो ।
Comments are closed.