Nepal's First Video FM

लकडाउन खुकुलो नबनाउने संकेत, उडानको प्रतिबन्ध जेठ २ सम्म

426

कोरोना नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वय समितिले लकडाउन खुकुलो नबनाउने संकेत देखाएको छ । रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वमा बसेको आज बसेको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तीय समन्वय समितिको बैठकले लकडाउनबारे निर्णय गर्ने जिम्मा मन्त्रिपरिषद् बैठकलाई दिएको छ।

सिहंदरवारमा बसेको समितिको बैठकले लकडाउनलाई सोही परिवर्तन गर्ने वा अहिलेकै मोडलमा जाने भनेर छलफल गरेको थियो । वैशाख १५ गते लकडाउनको अवधि सकिदैछ। यसबारे निर्णय गर्न भोलि आइतबार बस्ने मन्त्रिपरिषद् बैठकले निर्णय गर्ने भएको छ। बैठकले आन्तरिक तथा वाह्य उडान भने जेठ २ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ।

You might also like

Comments are closed.