काठमाडौं बैसाख १५, काठमाडौं उपत्यकाका निजी क्षेत्रका रेडियोहरुको छाता संगठन रेडियो प्रसारक मञ्चले कोरोना कोभिड १९ को यो माहाँ संकटमा एफ एम रेडियो सञ्चालनमा परेको आसर र प्रभावबारे सरकारको ध्यानाकर्षण गराएको छ ।
एफएम रेडियो सञ्चालनमा पर्न थालेको प्रभावको यथाशीघ्र संबोधन गर्न माग गर्दै मञ्चले आज सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार प्रवधि मन्त्री डा. युवराज खतिवडालाई ४ बुँदे ज्ञापनपत्र बुझाएको हो । एफएम रेडियोहरुका लागि २ महिनाका लागि आवश्यक थप बजेटको व्यवस्था गर्न र आर्थिक वर्ष २०७७÷०७८ को लागि नविकरण शुल्क छुटको व्यवस्था मिलाउन माग गरेको छ । लकडाउनको समयमा आम जनतालाई सूसुचित गराउन सबैभन्दा प्रभावकारी भूमिका खेलेको रेडियो स्टेशनहरु भने लकडाउनका कारण आर्थिक दूरावस्थामा पुगेको, लकडाउनका कारण आर्थिक क्रियाकलाप ठप्प हुँदा एफएम रेडियोहरुको आम्दानीको मुख्य स्रोत व्यवसायिक विज्ञापनमा ९० प्रतिशत कटौति भएको, साथै धेरै रेडियोहरु आर्थिक संकटमा पर्न थालेको भन्दै मञ्चले रेडियोका लागि राहत प्याकेजको व्यवस्था गर्न ज्ञापनपत्र मार्फत सरकारको ध्यानाकर्षण गराएको छ ।
मञ्चका अध्यक्ष आरके श्रेष्ठले हस्ताक्षर गर्नुभएको ज्ञापनपत्रमा आर्थिक वर्ष २०७६÷०७७ को अन्तिम चौमासिकका लागि घर भाडा कर छुट गर्न आवश्यक समन्वय गर्न र आगामी ६ महिनासम्मका लागि विद्युत टेलिफोन तथा इन्टरनेट शुल्कमा छुटको व्यवस्थाका लागि आवश्यक पहल गर्न पनि सरकारसँग माग गरेको छ ।
Comments are closed.