फाल्गुन ११, प्रधानमन्त्री केपी शर्मा ओली ६७ औं वर्षमा प्रवेश गरेका छन् । ओली ००८ साल फागुन ११ गते तेह्रथुमको इवामा जन्मिएका थिए ।
नेता तथा कार्यकर्ताले ओलीलाई आज जन्मदिनको शुभकामना दिइरहेका भए पनि उनले भने हिजै राति केक काटेर जन्मदिन मनाइसकेका छन् । ४ वर्षअघि सम्म जन्मदिन नमनाउने गरेका ओलीले त्यसयता भने केक काट्दै आएका छन् ।
यस वर्ष पनि ओलीले पार्टीका नेता तथा शुभेच्छुकबाट घेरिएर ‘ह्यापी बर्थडे’ लेखिएको केक काटे । प्रधानमन्त्रीको निजी सचिवालयका एक सदस्यले सार्वजनिक गरेको तस्वीरमा प्रधानमन्त्रीपत्नी राधिकाले केक काटेर सघाइरहेको देखिन्छ ।(अनलाइनखबर)
Comments are closed.