Nepal's First Video FM

व्यवसायनै बन्द गर्नुपर्ने बाध्यता भयो : अटोमोबाइल्स एसोसिएसन

571

अटोमोबाइल व्यवसायीहरुको संगठन नाडा अटोमोबाइल्स एसोसिएसनको सम्पन्न अनलाइन बैठकले आगामी बैशाख २५ गते पश्चात जसरी पनि लकडाउन खोल्न र बैंकको ब्याजदर, सरकारलाई तिर्नुपर्ने कर, भन्सारमा भएका गाडीहरु छुटाउने कार्य आदिमा केही सहुलियतको व्यवस्था गरी विस्तारै वर्कसपहरु पनि खोल्ने मानसिकताका साथ व्यवसाय अगाडि बढाउने गरी सरकारलाई अनुरोध गर्ने निर्णय गरेका छ । हाल कायम रहेको लकडाउन आगामी बैशाख २५ गते पश्चात सतर्कतापूर्वक खोलिनुपर्ने र अटोमोबाइल व्यवसायीहरुलाई विभिन्न प्रकारको सहुलियत प्रदान गर्नका लागि सरकारलाई अनुरोध गर्ने निर्णय गरेको बताएका छन ।

यो वर्ष अटोमोबाइल व्यवसायीहरुले ब्याज तिर्न नसक्ने अवस्था भएकोले ब्याजदर समेत घटाउनुपर्ने र तिर्ने समय समेत एक वर्ष सार्नुपर्ने बताए । त्यसैगरी सरकारलाई बुझाउनुपर्ने विभिन्न प्रकारको कर यही बैशाख २५ गतेसम्म तिर्ने समय बनाइएकोमा हाल त्यो सम्भव नभएकाले यसलाई समेत सार्नका लागि सरकारलाई अनुरोध गर्ने निर्णय समेत गरिएको छ ।

विभिन्न भन्सारमा गाडीहरु छुटाउन बाँकी भएको र हाल छुटाउन सकिने अवस्था समेत नभएकाले यसका लागि समेत समय बढाउन माग गरिने, अटोमोबाइल क्षेत्रमा कार्यरत कर्मचारीलाई लकडाउनको समयको तलब पुरै दिन नसकिने अवस्था भएको र यसका लागि के गर्ने भन्ने वारेमा समेत छलफल भएको तथा सरकारी निकायसँगको समन्वयमा यसको निर्णय गरिने पनि उनले बताएका छन ।

You might also like

Comments are closed.