१८ वैशाख, काठमाडौं । बलिउडका चर्चित अभिनेता ऋषि कपुर अस्वस्थ भएपछि अस्पताल भर्ना भएका छन् ।
क्यान्सरबाट पीडित उनलाई मुम्बईस्थित एचएन रिलायन्स फाउन्डेसन अस्पतालमा भर्ना गरिएको छ । ६७ वर्षीय ऋषि कपुरलाई बुधबार अस्पताल भर्ना गरिएको उनका भाइ रणधीर कपुरले जानकारी दिएका छन् ।
रणधीरले समाचार एजेन्सी पीटीआईलाई दिएको जानकारीअनुसार ऋषि कपुरलाई क्यान्सर र स्वासप्रश्वाससम्बन्धी समस्या छ ।उनी अस्पताल भर्ना भएको खबर सार्वजनिक भएपछि सामाजिक सन्जाल प्रयोगकर्ताले उनको शीघ्र स्वास्थ्यलाभको कामना गरिरहेका छन् ।
Comments are closed.