Nepal's First Video FM

नेकपा सचिवालय बैठक आज बस्दै

636

नेकपा सचिवालय बैठक आज वस्दैछ । अपरान्ह ४ वजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक वस्ने छ । बुधबारको सचिवालय बैठकमा अध्यक्ष पुष्पकमल दाहाल–माधव नेपाल समूहले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट राजीनामा दिन माग राखेका थिए ।

प्रधानमन्त्री केपी ओलीले त्यसको बदलामा कोरोनापछि उपाध्यक्ष वामदेव गौतमलाई प्रधानमन्त्री र नेता नेपाललाई पार्टीको तेस्रो अध्यक्ष बनाउने प्रस्ताव गर्नुभएको थियो । सचिवालयमा दुई फरक–फरक प्रस्तावसँगै बुधबारको बैठक आज बस्ने गरि स्थगित भएको थियो । त्यसैगरी हिजो र अस्ति नेकपाभित्र घनीभूत भेट र संवाद भएका छन् । हिजो र अस्ति नेपाल कम्युनिस्ट पाटीभित्र राजनीतिक सक्रियता निकै बढेको थियो ।

नेताहरुको आपसी भेटघाट र संवादमात्र नभई चिनियाँ राजदूत होउ यान्छीले पनि नेकपा नेताहरुसंग भेटघाट तिव्र पार्नुभयो । पछिल्लो समय सत्तारुढ नेकपाभित्रको आन्तरिक विवादले जटिल मोड लिएको छ । खासगरी अध्यादेश जारी तथा फिर्ता प्रकरणपछि पार्टी्भित्र विवाद र गुटबन्दी चर्केको हो ।

You might also like

Comments are closed.