Nepal's First Video FM

जेठ ५ सम्म लकडाउन लम्ब्याउने मन्त्रिपरिषदको निर्णय

385

सरकारले लकडाउनलाई जेठ ५ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको हो ।
कोभिड-१९ रोकथाम तथा नियन्त्रणसम्बन्धी उच्चस्तरीय समन्वय समितिमा जोखिमका आधारमा ७७ जिल्लालाई रातो, पहेँलो र हरियो क्षेत्रमा विभाजन गर्ने र त्यसअनुसार लकडाउन कडा वा खुकुलो बनाउने प्रस्ताव पेश गरेको थियो ।

तर प्रधानमन्त्री केपी शर्मा त्यसमा सहमत भएनन् । भारतमा संक्रमणको अवस्था जोखिमपूर्ण देखिएको छ । त्यसको असर नेपालमा पनि पर्ने र नेपालमा टेस्ट पनि कम भएको उनको भनाइ थियो । बुधबारको मन्त्रिपरिषद् बैटकमा पनि प्रधानमन्त्रीओलीले अहिले नेपाल खतरामुक्त नभएको र जोखिमका आधारमा रातो, पहेालो र हरियो क्षेत्र छुट्याउने बेला नभएको बताएको एक मन्त्रीले जानकारी दिए ।

यसअघि घोषित लकडाउन २५ वैशाखसम्म छ । कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि सरकारले चैत ११ गतेदेखि लगाएको लकडाउन बुधबार ४४ दिन पुगेको छ ।

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.