Nepal's First Video FM

उपत्यकामा भित्रन खोज्ने १०३ सवारी फर्काइए

390

पछिल्लो समय विभिन्न बहानामा काठमाडौं उपत्यकामा भित्रने सवारी साधनको सङ्ख्या बढिरहेको बेला मङ्गलबार भने अत्यावश्यकबाहेकका १०३ सवारी साधन फर्काइएको छ। विश्वभरि फैलिएको कोभिड–१९ सङ्क्रमण नियन्त्रणका लागि सरकारले गत चैत ११ गतेदेखि देशभरि लकडाउन गरेको छ।

जसका कारण अत्यावश्यकबाहेक सवारी एक स्थानबाट अर्को स्थानमा आउन–जान रोक लगाइएको छ। यसै क्रममा आज काडमाडौँ महानगरपालिका उपप्रमुख हरिप्रभा खड्गी नागढुङ्गा हुँदै काठमाडौँ उपत्यका भित्रन खोज्ने सवारी साधन र मानिसको आवागमनका विषयमा जानकारी लिनका लागि धादिङको सिमाना खत्रीपौवा पुगेकी थिइन्।

उपप्रमुख खड्गीलाई जानकारी दिने क्रममा महानगरीय प्रहरी वृत्त थानकोटका प्रमुख प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठले सोमबार ३७ सवारीलाई र मङ्गलबार १०३ सवारीसाधन फर्काइएको बताए।

You might also like

Comments are closed.