२६ वैशाख, काठमाडौं । भारतमा कोरोना संक्रमणबाट एकैदिन १०३ जनाको मृत्यु भएको छ ।
योसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या एक हजार ८८६ पुगेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
संक्रमितको संख्या ५६ हजार ३४२ पुगेको छ । गत २४ घण्टामा तीन हजार ३९० जना नयाँ संक्रमित थपिएका छन् ।
गत २४ घण्टामा भारतमा एक हजार २७३ जना भने निको भएर डिस्चार्ज भएका छन् । योसँगै निका हुनेको संख्या १६ हजार ५३९ पुगेको छ ।
Comments are closed.