काठमाडौं । नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या १०९ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु र कोशी अस्पताल विराटनगरको प्रयोगशालामा गरिएको परीक्षणमा थप ७ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार संक्रमितहरुमा उदयपुरको भुल्केका १८, ४५ र ६५ वर्षीय महिला र कपिलबस्तुका १७, १८ र १८ नै वर्षका पुरुष पर्साको छपकैयाका ६२ वर्षीय पुरुष्मा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
Comments are closed.