Nepal's First Video FM

खड्गीको प्रहरीमा बयान: किन लागे त द्धन्द्ध छोडेर मानव बेचबिखनतर्फ ?

646

पागुन ११, ‘रिल’ लाइफमा खलनायकका रुपमा चिनिएका नेपालकै पहिलो द्धन्द्ध निर्देशक राजेन्द्र खड्गीमाथि ‘रियल लाइफ’मा पनि खलनायककै भूमिका खेलेको आरोप लागेको छ ।

चर्चित द्धन्द्ध निर्देशक खड्गी दुई सातादेखि केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को हिरासतमा रहेका छन् । हिरासतमा रहेका खड्गीमाथि मानिसलाई गैरकानुनी तरिकाले दक्षिण कोरिया पठाएको आरोप लागेको छ ।

यो मुद्दामा उनी दोषी ठहरिए भने अधिकतम २० वर्ष अथवा जन्मकैद जेल सजायँ दुवै हुन सक्ने प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोेले जनाएको छ । प्रहरी हिरासतमा रहेका खड्गीले प्रहरीलाई दिएको वयानमा उनीमाथि लागेको आरोप स्वीकारेका छन् ।

अन्य कलाकारहरु पनि यस्तै काम सरिक भएको देखेर आफू पनि मानव बेचबिखनमा लागेको खड्गीको वयान छ । उनको यस्तो वयानले नेपालका अन्य कलाकारहरु पनि मानव बेचविखनमा संलग्न रहेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।

You might also like

Comments are closed.