Nepal's First Video FM

लिपुलेकको सीमा विवादमा चीन पनि संलग्न: प्रचण्ड

356

सत्तारुढ नेकपाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लिपुलेकको सीमा विवादमा चीनको पनि संलग्नता रहेका बताउनुभएको छ।

प्रतिनिधिसभाअन्र्तगतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उहाँले नेपाल र भारतबीच लिम्पियाधुरामा रहेको सीमा विवाद अब भारतसँग मात्र छलफल गरेर समाधान नहुने बताउनुभयो। लिपुलेक प्रकरणमा भारत चीनको सम्झौता सहमति भएको भन्दै उहाँले अब यो बिषय त्रिदेशीय जस्तो बन्न गएको बताउनुभयो।

भारतले नेपाली भूमि समेटेर नक्सा सार्वजनिक गरेपछि गतवर्ष नै गरिएको सर्वदलीय र सर्वपक्षीय बैठकले राष्ट्रिय सहमतिको वातावरण निर्माण गरेको भन्दै प्रचण्डले त्यो बैठकले प्रधानमन्त्रीलाई ठूलो तागत दिए पनि ठोस रुपमा पहल हुन नसकेको बताउनुभयो।

सीमा मिचिएको विषयमा नेपालले भारतलाई हालै पत्र पठाउनु उचित भन्दै प्रचण्डले पत्रले मात्र नपुग्ने धारणा राख्नुभयो। उहाँले सीमा विवादको विषय अहिले नै अन्तर्राष्ट्रिय अदालतमा लैजाने विषयमा भने एकपटक सोच्नुपर्ने प्रचण्डको धारणा छ।

You might also like

Comments are closed.