Nepal's First Video FM

पूर्वखेलाडी रन्जितलाई कोरोना संक्रमण

145

नेपाली राष्ट्रिय फुटबल टिमका पूर्वसदस्य रन्जित श्रेष्ठलाई कोरोना संक्रमण भएको छ । वैदेशिक रोजगारीको शिलशिलामा हाल युएईको दुबईमा रहेका उनलाई कोरोना भाइरसको संक्रमण देखिएको हो ।

रन्जितले कुराकानी गर्दै आफूलाई कोरोना पोजेटिभ देखिएको बताए । कोरोनाको संक्रमण देखिए पनि स्वास्थ्य अवस्था सामान्य रहेको उनले जानकारी दिए ।
कोरोना पोजेटिभ देखिए पनि अवस्था सामान्य छ । आइसोलेसनमा बसिरहेको छु,’ सामाजिक सञ्जाल फेसबुकमा भिडियो पोष्ट गर्दै रन्जितले भनेका छन् ।

रन्जितले कोरोनासँग नआत्तिन सबैसँग आग्रह गरेका छन् । रन्जित सन् २००९ मा बंगलादेशमा भएको साफ च्याम्पियनसिपमा नेपाली टिममा थिए । घरेलु फुटबल फ्रेण्ड्स क्लबबाट खेलेको अनुभव पनि उनीसँग छ ।

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.