Nepal's First Video FM

एभरेष्ट इन्स्योरेन्सको खुद नाफा बढ्यो

75

एभरेष्ट इन्स्योरेन्स कम्पनी (EIC) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा खुद नाफामा उल्लेख्य सुधार गरेको छ। सो अवधिसम्ममा इन्स्योरेन्सले १३ करोड ३३ लाख रुपैयाँ खुद नाफा कमाएको छ। सो अवधिसम्ममा इन्स्योरेन्सले ३३ करोड ८१ लाख रुपैयाँ खुद बीमाशूल्क आर्जन गरेको छ। यो गत आवको यसै अवधिको तुलनामा ४ करोड ३२ लाख रुपैयाँले बढी हो। गत वर्षको यसै अवधिमा इन्स्योरेन्सले २९ करोड ४८ लाख रुपैयाँ खुद बीमाशूल्क आजर्न गरेको थियो।

इन्स्योरेन्सले पुर्नबीमा कमिशनबाट १० करोड १० लाख, लगानी कर्जा तथा अन्य आयबाट ४ करोड १५ लाख रुपैयाँ आम्दानी गरेको छ। गत आर्थिक वर्षको यसै अवधिको तुलनामा इन्स्योरेन्सको खुद नाफामा ९ करोड ३१ लाख रुपैयाँ वृद्धि भएको हो। गत आर्थिक वर्ष यसै अवधिमा इन्स्योरेन्सले ४ करोड १ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

इन्स्योरेन्सले पुर्नबीमा कमिशनबाट १० करोड १० लाख, लगानी कर्जा तथा अन्य आयबाट ४ करोड १५ लाख रुपैयाँ आम्दानी गरेको छ। समीक्षा अवधिसम्ममा इन्स्योरेन्सले ६९ हजार ११६ बीमालेख जारी गरी ७४ करोड १३ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ। साथै, तीन हजार ३१८ दाबी बापत ३१ करोड ३४ लाख रुपैयाँ बराबरको भुक्तानी गरेको छ भने ३ हजार १५३ दाबी बापत एक अर्ब ३५ करोड ५९ लाख रुपैयाँ बराबरको रकम भुक्तानी गर्न बाँकी रहेको छ।

चुक्ता पूँजी एक अर्ब ९ करोड रुपैयाँ रहेको इन्स्योरेन्सको जगेडा कोषमा २० करोड ७८ लाख रुपैयाँ र बीमा कोषमा २९ करोड ३९ लाख रुपैयाँ सञ्चित छ।
यस अवधिमा इन्स्योरेन्सको वार्षिक प्रतिशेयर आम्दानी १६ रुपैयाँ ३९ पैसा, प्रतिशेयर नेटवर्थ १४५ रुपैयाँ ९१ पैसा र मूल्य आम्दानी अनुपात २१.०५ गुणा छ।

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.